काठमाडाैं । प्रहरीले भन्सार छलेर ल्याएको कपडासहित दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडाैं र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले २३ लाख ५५ हजार ३०० मूल्यबराबरको कपडासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडाैं महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाडाैं महानगरपालिका–१८ बस्ने ३८ वर्षीय सन्दीप कुमार रहेका छन्।
भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
अग्रवालले काठमाडाैं महानगरपालिका–२४ असनमा सञ्चालन गर्दै आएको हनुमान ट्रेड कन्सर्न पसलको गोदामबाट कपडा फेला परेको हो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया