चुनाव सार्न सरकारले निहुँ खोजिरहेको छ : ओली

लोकपथ
63
Shares

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्नका लागि विभिन्न बहाना बनाइरहेको बताएका छन् ।

सोमबार सदरमुकाम चैनपुरमा आयोजना गरिएको आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनलाई बिथोल्नका लागि भए पनि प्रतिपक्षसँग निहुँ खोजिरहेको आरोप लगाए ।

सरकारले अहिले पनि जनताका न्यूनतम आवश्यकतामा गम्भीर नभएको बताउँदै उहाँले सरकारले निर्वाचन सारेर स्थानीय तह जनप्रतिनिधिविहीन बनाउन खोजेको आरोप पनि लगाए । गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?