काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार बिहान त्यहाँको उत्तर प्रदेशको धार्मिकस्थल बनारस पुगेका छन् ।
त्यहाँको धार्मिक स्थलहरुको भ्रमण र राजनीतिक भेटघाटका लागि प्रधानमन्त्री देउवा बनारस पुगेका हुन् ।
देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् ।

भारत सरकारले विशेष विमानबाट बनारस पुगेका देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गरेका छन् ।
देउवा तीन दिने भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए । उनी आज साँझ काठमाडौं फर्कनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया