जनकपुर-कुर्था रेलले दुई देशका नागरिकलाई थप नजिक ल्याउँछ : मोदी

लोकपथ
84
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर-कुर्था रेल सेवाले दुई देशका जनतालाई थप नजिक ल्याउने बताएका छन् ।

मोदीले जनकपुर-कुर्था यात्रुबाहक रेल सेवाल नेपाल र भारतबीचको पहिलो ब्रोडगेज यात्रु रेल लिंक हुने बताए ।

नयाँ दिल्लीमा नेपालका प्रधानमन्त्री र मोदीले संयुक्त रुपमा जनकपुर-कुर्था रेल उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि सामाजिक सञ्जाल ट्वीटरमा भिडियो सार्वजनिक गर्दै मोदीले भने, ‘जयनगर र कुर्था बीचको यात्रुवाहक रेल सेवा नेपाल र भारत बीचको पहिलो ब्रोडगेज यात्रु रेल लिंक हुनेछ। यसले हाम्रा जनताहरूलाई अझ नजिक ल्याउन ठूलो भूमिका खेल्नेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?