प्रधानमन्त्री देउवाद्वारा राजघाट गई महात्मा गान्धीको समाधीस्थलमा पुष्पगुच्छा अर्पण

लोकपथ
259
Shares

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार विहान नयाँदिल्लीस्थित महात्मा गान्धीको समाधीस्थल राजघाट गई पुष्पगुच्छा अर्पण गरेका छन् ।

भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा उनी शुक्रबार नयाँदिल्ली पुगेका हुन् ।

उनले आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।

प्रधानमन्त्री देउवाको भोली वाराणासी जाने कार्यक्रम छ । उनी भोली नै स्वदेश फर्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?