काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२ रुपैयाँ १९ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ७२ पैसा र बिक्री दर १३४ रुपैयाँ ३८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ५२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर २९ रुपैयाँ ९० पैसा र बिक्रीदर १३० रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३१ पैसा र बिक्रीदर ९० रुपैयाँ ७६ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ १० पैसा छ ।
जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ पाँच पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्री दर १९ रुपैयाँ २० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ ४१ पैसा र बिक्री दर ३२ रुपैयाँ ५७ पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८४ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ९८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ तीन पैसा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया