काठमाडौं । अभिनेतृ करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।
मंगलबार एमाले प्रवेश गर्दै अभिनेतृ मानन्धरले आफू पार्टी अध्यक्ष केपी शर्मा ओलीको इनर्जी देखेर एमालेतिर आकर्षित भएको पार्टी प्रवेश गरेको बताइन् ।
कलाकार भएर किन एमालेमा प्रवेश भन्ने प्रश्न आउन सक्ने बताउँदै त्यसलाई थप प्रष्ट पार्दै उनले भनिन्, ‘सबैको मनमा आउनसक्छ कि नेकपा एमाले नै किन भनि प्रश्न आउनसक्छ, मैले केही जवाफ भए, अध्यक्ष केपी शर्मा ओली पथप्रदर्शक हुनुनुहुन्छ, उहाँमा देखेको इनर्जी देखेर अचम्ममा परेको छु ।’
देशको थुप्रै ठाउँमा आफू पुग्दा अध्यक्ष ओलीको प्रशंसा गरेकै हुन्छन् भन्दै अभिनेतृ मानन्धरले देशको परिवर्तनका लागि एमाले पार्टी टुल रहेको धारणा राखिन् ।
त्यसैगरी नेपालको अधिकाँश जनता एमालेप्रति सद्भाव राख्ने गरेको आफूले पाएको बताउँदै उनले एमाले प्रतिपक्षमा भएपनि यो देशको पहिलो पार्टी रहेको बताइन् । आफू कुनै पनि सौदावाजी गरेर एमालेमा नआएको बताउँदै उनले एमालेको समान्य कार्यकर्ता भएर काम गर्न आएको बताउँदै उनले भनिन्, ‘मेरो क्षमता हेरेर, मूल्यांकन गरेर मलाई कुनै जिम्मेवारी दियो भने पछि हट्ने छैन ।’
एमाले पार्टीमा प्रवेश गर्दै उनले यस क्षेत्रमा आफूले राम्रै पहिचान पाएको बताउँदै उनले यही पहिचान सबैथोक नभइ यसको बारेमा आफ्नो मनमा प्रश्न उठेको बताइन् ।
यो समाजका लागि र देशको महिलाको लागि केही गर्नुपर्छ जस्तो लागेर यस क्षेत्रमा लागेको बताउँदै उनले आफ्नो क्षेत्रबाट पनि देशका लागि केही नकेही योगदान गर्दै थिए, आजबाट नेकपा एमालेमा रहेर देशको परिवर्तनका लागि काम गर्ने बताइन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा अभिनेतृ मानन्धरसहित पूर्वमन्त्री प्रेमबहादुर सिंह लगायत एमालेमा प्रवेश गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया