काठमाडौं । नेपाल डार्टस एसोशियसनको आयोजनामा प्रथम हाइएस्ट अल्टिच्युड (२२५० मि) डार्टस टुर्नामेन्ट सम्पन्न भएको छ ।
रसुवा जिल्लामा फाल्गुन २४ गते मंगलबार आयोजना भएको प्रतियोगितामा देशैभरबाट छनौट भएका उत्कृष्ट १६ खेलाडीहरूबीच प्रतिस्प्रर्धा भएको थियो ।
अल्टिमेट इभेन्टले प्रतियोगितालाई प्रयोजन गरेको थियो ।

प्रतियोगितामा शिभराम पौडेल प्रथम भएका छन् भने जीवन बोगटी दोस्रो र सुसान्त ढुङगेल तेस्रो भएका अल्टिमेट इभेन्टका अध्यक्ष बिनुप राज खनालले लोकपथलाई जानकारी दिए ।
प्रतियोगिता आयोजना गर्नका लागि नेपाल डार्टस् एसोसियसनका अध्यक्ष चन्द्र रिजाल, महासचिव सुदर्शन जमकटेल र संयोजक प्रद्युम्न न्यौपानेको सहयोग रहेको बिनुपराज खनालले जानकारी दिए ।

विजयी शिभराम पौडेललाई अल्टिमेट इभेन्टको तर्फबाट गोसाइकुण्ड ट्रिपको व्यवस्था गरिने भएको छ । त्यस्तै उनले डिभाइन वाइनको तर्फबाट गिफ्ट ह्याम्पर जितेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया