कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित पत्रकार सम्मेलन गर्दै

लोकपथ
70
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्रता दिएको छ ।

केही दिनमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउन लागेको कांग्रेसले नेता कार्यकर्ताहरुलाई थप सुसूचित गर्न पत्रकार सम्मेलन गर्न लागेको छ ।

कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित भइ बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले लोकपथलाई जानकारी दिए । मुख्यतः स्थानीय तहको निर्वाचनमा पार्टीपंक्तिलाई कसरी परिचालन गर्ने भन्ने विषयमा पत्रकार सम्मेलन गर्न लागेको उनले बताए ।

आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले ‘गाउँ गाउँ जाऔँ कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्न लागेको छ । सोही अधियानबारे थप प्रष्ट पार्नका लागि पत्रकार सम्मेलन गर्न लागेको उनले बताए ।

‘स्थानीय तहको निर्वाचनलाई लक्षित गरि पत्रकार सम्मेलन गर्न लागिएको हो । मुख्यतः स्थानीय निर्वाचनमा पार्टीपंक्तिलाई कसरी परिचालन गर्ने भन्ने हो ।’ उनले भने ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा स्वंम पत्रकार सम्मेलनमा उपस्थित हुने भनिए पनि कार्यव्यस्तताको कारण उपस्थित नहुने उनले बताए ।

पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?