भारत-नेपाल मैत्री क्रिकेट खेल सम्पन्न

लोकपथ
245
Shares

काठमाडौं । आजादीको अमृत महोत्सव अन्तर्गत भारतीय महावाणिज्य दूतावासले वीरगन्जमा भारत-नेपाल मैत्री क्रिकेट खेल आयोजना गरेको छ ।

शनिबार भएको क्रिकेट खेलमा कन्सुल जनरलको टोली सिजी–११ र सीडीओको टोलीले प्रतिस्पर्धा गरेका थिए ।

सीडीओको टोलीले टस जितेर पहिले ब्याटिङ रोजिएको थियो । सिजी–११ टोलीलाई सीडीओको टोलील ७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सिजी–११ ले दुई ओभर बाँकी रहँदै लक्ष्यलाई पुरा गरेको थियो ।

सीडीओको टोलीमा नेपालका विभिन्न सरकारी निकायका अधिकारीहरू सहभागी थिए। खेलको उद्देश्य भारत र नेपालका अधिकारीहरू बीचको सम्बन्धलाई प्रगाढ बनाउनु र स्वस्थ स्वास्थ्यमा खेलकुदको महत्त्वलाई उजागर गर्नु भएको भारतीय महावाणिज्य दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?