काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्कालाई दोषी साबित भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको मुद्दामा विशेष अदालतले पूर्व कप्तान खड्कालाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीशहरु अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बिहीबार खड्कालाई दोषी ठहर गरेको हो।
नेपाल प्रहरीमा जागिर खान पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि अख्तियारले खड्काविरुद्ध मुद्दा दायर गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया