काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस)ले फागुन ७ गते उपत्यका विशेष प्रदेश अधिवेशन गर्ने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर महासंघले त्रिपुरेश्वर स्थित ट्रेड सेन्टरको डिसिसी हलमा अधिवेशन गर्न लागेको हो ।
अधिवेशनमा नयाँ नेतृत्व चयनका साथै खेलाडीहरुको सम्मान तथा नगद पुरस्कार पनि वितरण गरिनेछ ।
महासंघले फागुन ७ गते विशेष प्रदेश अधिवेशनबाट सुरु गर्दै सुखानी सहिदहरुको सम्झनामा फागुन २१ गते प्रदेश नम्बर १ को प्रदेश अधिवेशन गरि आफ्ना ७ वटै प्रदेशको अधिवेशन टुंग्याउने नेपाल खेलकुद महासंघका उपत्यका विशेष प्रदेश सह-सचिव विवेक घिमिरेले लोकपथलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया