खाडी मुलुकमा घरेलु श्रमिकमा पठाउन सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न सरोकारवालाले माग गरेका छन्। सरकारले लगाएको प्रतिबन्धले गर्दा अवैधानिक बाटोबाट खाडी मुलुक जाने महिला उच्च जोखिममा परेको उनीहरूको दाबी छ।
महिला शोषणमा पर्नसक्ने जोखिम कम गर्न श्रम गन्तव्य देशसँग सम्झौता गरेर सुरक्षित तवरबाटै पठाउने व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।
मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले शुक्रबार राजधानीमा आयोजना गरेको छलफलमा सहभागीले सो कुरामा जोड दिएका हुन्। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले प्रतिबन्ध दीर्घकालीन समाधान नभएकाले श्रम गन्तव्य देशसँग द्विपक्षीय श्रम सम्झौता गरेर घरेलु श्रमिक पठाउन खुला गर्नुपर्ने बताइन् । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया