मोरङ कानेपोखरी–६ को डाँस र दही खोला बीचको जग्गा हेर्न आएका तीन जनालाई स्थानीयले कुटपिट गरेका छन् । त्यो जग्गा दमकका हीरामणि दाहाल र हरिप्रसाद दाहालको नाममा दर्ता छ भने उपभोग सोही ठाउँमा ५० जनाभन्दा बढीले उपभोग गरिरहेका छन् । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठ, रामेछाप जिल्लाको सुनापति गाउँपालिका–५ का शेरबहादुर मगर र गाडीचालक काठमाडांँ जोरपाटीका प्रह्लादमान सिंह बस्नेतले कुटाइ खाए ।
५० जनाभन्दा बढी जग्गाधनीले २०४२ देखि भोगचलन गर्दै आएको जग्गा एक्कासि बाहिरका मान्छेले औँलाले देखाई देखाई हेर्न थालेपछि स्थानीय झस्किएका थिए । बिहान ११ बजे कानेपोखरी–६ को डाँस र दही खोलाबीचको उक्त जग्गामा पुगेका उनीहरूले काठमाडौँका दीपक ढुङ्गानाले पठाएर आएको बताएका छन् । स्थानीय जानकारहरूका अनुसार दीपक जग्गाको ठूला कारोबारी हुन् । दीपकका मुख्य प्रतिनिधि शेरबहादुर मगरले जग्गा हेर्न आएको स्वीकारे । जग्गा हेर्न पुगेका मगर, श्रेष्ठ र बस्नेतलाई इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक धनबहादुर राजवंशी, वडाध्यक्ष खड्गबहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका कानेपोखरी इन्चार्ज अम्बिकाप्रसाद अर्यालको रोहवरमा अब कहिल्यै पनि जग्गा हेर्न नआउने सर्तनामा गरी अपराह्न ४ बजे छोडिदिएका छन् । प्रहरी निरीक्षक राजवंशीले भने, “उहाँहरूलाई शान्तिपूर्वक रूपमा यहाँबाट बाटो लगाएका छौँ । बाँकी कानुनी उपचार दुवै पक्षले आ–आफ्नो तरिकाले खोजी गर्नुहुन्छ ।”कोशीटप्पु वन्यजन्तु आरक्ष निर्माणका क्रममा त्यो जग्गा खाली गर्दा त्यहाँ रहेका मानिसलाई तत्कालीन सरकारले मोरङको बयरवन र शनिश्चरे जग्गा सट्टाभर्ना दिने निर्णय गरेको थियो । त्यही मौका छोपी पहुँचवालाले ठाडा रुख भएको जङ्गलसमेत दर्ता गराएका थिए । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया