काठमाडौँको दरबारमार्गमा सञ्चालित ग्रिनलाइन सेन्टरका सञ्चालक ओमप्रकाश अग्रवालको परिवार व्यक्तिगत ऋण (मिटरब्याजी) बाट शारीरिक तथा मानसिक यातनामा परेर नेपालबाहिर पुगेको खुलेको छ।
सोही तनावका कारण गत पुस २१ गते ओमप्रकाश अग्रवालसहित नौ जनाको परिवार वीरगञ्ज हुँदै रक्सौल पुगेको थियो। बुधबार रक्सौलबाट काठमाडौँ फर्के लगत्तै अमित र अभिषेक अग्रवालले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँ निवेदन दिएका थिए । शुक्रबार काठमाडौँको अनामनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अमित अग्रवालले व्यक्तिगत ऋणको चर्को दबाब र बैङ्कहरूको असहयोगका कारण मानसिक तनावमा परेर उपचारका लागि भारतमा गएको बताए । काठमाडौँ छाड्नुअघि अग्रवाल परिवारले छाडेको पत्रमासमेत मिटरब्याजीका कारण आफूहरू मारिने वा बाँच्ने टुङ्गो नभएको उल्लेख गरिएको थियो। अमित अग्रवालले बैङ्कबाहेक २५ करोड बढी रकम उनकै घर मालिक सुनिल श्रेष्ठ, आरपी ग्रुपका अध्यक्ष रूपेश पाण्डे तथा नेपाल प्रहरीका पूर्वउपरीक्षक दीपक रञ्जितलगायतबाट लिएको पाइएको छ। अमित अग्रवाललेसमेत उनीहरूसँग पहिलेदेखिकै चिनजान रहेको बैङ्क ब्याजभन्दा बढी २४ प्रतिशतसम्म ब्याजमा सापटी लिएको स्वीकार गरेको खबर गोरखापत्रमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया