काठमाडौं । कोभिड–१९ निर्देशक समिति (सीसीएमसी)ले यातायातमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।
समितिको आइतबार बसेको बैठकले सोमबार (माघ २४) देखि जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरिएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि कोरोनाको जोखिमलाई ध्यानमा राख्दै ट्याक्सी र निजी सवारी साधनमा जोर बिजोर लगाएको थियो । चौतर्फी आलोचना भएपछि सार्वजनिक सवारीसाधनमा कायम जोर बिजोर भने हटाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया