जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न आयोगले सरकारसँग प्रस्ताव पेस गर्दै

लोकपथ
182
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव सरकार समक्ष पेस गर्ने भएको छ ।

आज (मंगलबार) दिउँसो ३ बजे आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल गरि सो प्रस्ताव पेस गर्न लागिएको हो ।

आयोगले प्रस्ताव पेस गर्न लागेको मितिमा प्रधानमन्त्री देउवाले सहमति जनाइसकेका छन् । त्यसपछि आयोगले गृहमन्त्रालयसँग निर्वाचनको मितिबारे प्रस्ताव गर्नेछ । गृहमन्त्रालयले उक्त मिति मन्त्रिपरिषद्मा लगेपछि आवश्यक छलफलपछि औपचारिक रुपमा स्थानीय तहको निर्वाचन को मिति घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?