जेठ ४ गते स्थानीय निर्वाचन हुनसक्ने, प्रधानमन्त्री देउवाले गरे यस्तो संकेत

लोकपथ
442
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन हुने संकेत गरेका छन् ।

आज (मंगलबार) नेपाली कांग्रेस बागमती प्रदेशका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री देउवाले त्यस्तो संकेत गरेका हुन् ।

प्रधानमन्त्रीसँग भेटघाट गरेका एक नेताले लोकपथलाई दिएको जानकारी अनुसार २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचनको मिति तोक्ने तयारीमा रहेको जानकारी दिए ।

त्यसैगरी प्रधानमन्त्री देउवाले प्रदेश कमिटीलाई निर्वाचनको तयारीमा जुट्न समेत आग्रह गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?