राष्ट्रियसभा चुनाव : सुदूरपश्चिममा गरिमा शाह निर्वाचित

लोकपथ
1.9k
Shares

धनगढी । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट महिलातर्फकी उम्मेदवार गरिमा शाह विजयी भएकी छिन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापालाई पछि पार्दै शाह विजयी भएकी हुन् ।

शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज हुन् ।

उनी सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार थिइन् । शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?