काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक भएको छ । सार्वजनिक प्रारम्भिक नतिजा अनुसार नेपालका २१ लाख ६९ हजार ४७८ मानिस हाल विदेशमा बसोवास गरिरहेका छन् ।
विदेशमै बस्ने पुरुषको संख्या १७ लाख ६३ हजार ३१५ रहेको छ । जुन विदेशमा अक्सर बस्ने नेपालीको कुल संख्याको ८१.२८ प्रतिशत हो । विदेशमा अक्सर बस्ने महिलाको संख्या ४ लाख ६ हजार १०३ (१८.७२ प्रतिशत) छ ।
दश वर्षअघि २०६८ सालमा विदेशमा अक्सर बसोवास गर्नेहरूको सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरुष १६ लाख ८४ हजार २९ अर्थात ८७.६४ प्रतिशत थिए । यस्तै महिला २ लाख ३७ हजार ४०० अर्थात १२.३६ प्रतिशत थिए । तर २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको जनगणनाको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।
२०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया