काठमाडौं । नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । २०७८ मा सम्पन्न जनगणनाले नेपालका कूल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको तथ्यांक विभागले बताएको छ ।
१० वर्षको अन्तरालमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । यो १० प्रतिशतभन्दा बढी हो ।
तथ्यांकका अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । पुरुषको संख्या महिलाको तुलनामा कम रहेको छ ।
नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेका छन् । यसपछि बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया