गृहमन्त्री बालकृष्ण खाँडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुव्यवस्थित बनाउन सके मुलुकको प्रतिष्ठा बढ्ने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापनबारे सरोकारवाला निकायबीच आज भएको छलफलमा उनले नेपालको विमानस्थल प्रयोग गर्दा कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने काम भए त्यसबाट ठूलो मूल्य चुकाउनुपर्ने बताए ।
उक्त बैठक गृहमन्त्री खाँडकै अध्यक्षतामा बसेको थियो । नेपाललाई सुरक्षित मुलुकका रूपमा परिचित बनाउन विमानस्थललाई व्यवस्थित बनाउनुपर्नेमा उनको जोड थियो । मुलुकको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई प्रविधियुक्त बनाउन सरकार लागिपरेको उनले जानकारी दिए ।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र गृहसचिव टेकनारायण पाण्डे सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया