युभेन्टस र मिलान बराबरीमा रोकिए, शीर्ष स्थानको इन्टरलाई फाइदा

लोकपथ
63
Shares
TURIN, ITALY – SEPTEMBER 19: Sandro Tonali of AC Milan and Federico Chiesa of Juventus look on as Moise Kean of Juventus tussles with Fikayo Tomori and Pierre Kalulu of AC Milan during the Serie A match between Juventus and AC Milan at on September 19, 2021 in Turin, Italy. (Photo by Jonathan Moscrop/Getty Images)

काठमाडौं । इटालियन ‘सिरी ए’ मा आइतबार राति भएको खेलमा युभेन्टससँग गोलरहित बराबरीमा रोकिएपछि एसी मिलानले शीर्ष स्थानको इन्टर मिलानसँग अंक दूरी कम गर्ने अवसर गुमाएको छ ।

मिलानले जितको लक्ष्यसहित युभेन्टस माथि दबाब बढाए पनि सफल भएन । इन्टरले शनिबार भेनेजियालाई २-१ ले हराउँदै शीर्ष स्थानमा पाँच अंकको अग्रता लिएको थियो ।

इन्टरको २३ खेलमा ५३ अंक छ । जुन ४९ अंकसहित दोस्रो स्थानमा बसेको नेपोली र तेस्रो स्थानको मिलान भन्दा चार अंक बढी हो ।

इन्टरले एसी मिलान भन्दा एक खेल कम खेलेको छ । एट्लान्टा ४३ अंकसहित चौथो स्थानमा छ भने पाँचौ स्थानको युभेन्टसको ४२ अंक छ ।

नेपोली भने सेलनिटानालाई ४-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । त्यस्तै रोमाले इम्पोलीलाई ४-२ ले निराश बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?