इन्टरलाई शीर्ष स्थानमा पाँच अंकको अग्रता

लोकपथ
140
Shares

काठमाडौं । पुनरागमन सहित भेनेजियालाई शनिबार राति २-१ अन्तरले पराजित गर्दै शीर्षस्थानको इन्टर मिलनले अग्रता पाँच अंकको बनाएको छ ।

इन्टरको १६औं जितमा निकोलो बरेला र इडेन जेकोले १-१ गोल गरे । भेनेजियाको लागि थोमस हेन्रीले गोल गरे ।

खेलको १९औं मिनेटमा थोमसको गोलबाट भ्रमणकारी टोली भेनेजियाले अग्रता बनायो । ४०औं मिनेटमा निकोलोले गोल गर्दा पहिलो हाफ १-१ को अवस्थामा सकियो ।

खेलको अन्तिम मिनेटमा जेको चम्किदा इन्टरले उपाधी यात्रा थप बलियो बनायो ।

जितसंगै इन्टर २२ खेलबाट ५३ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको एसि मिलान ४८ अंक सहित दोस्रो स्थानमा छ ।

यता पराजित भेनेजिया भने २२ खेलबाट १८ अंक सहित १७औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?