हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आइतबार बिहान सुदूरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । यस्तै बाँकी प्रदेशका भूभागमा सामान्य बदली रहेको छ। सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
यसैगरी दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भने मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानहरुमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना छ।
यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षाका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया