जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।
जसका कारण शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भईरहेको छ ।
यस्तै दिउँसो पहाडी भूभागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भूभागमा आंशिक बदली रहनेछ। यस्तै पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै राति पनि पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहनेछ। यसैगरी पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया