काठमाडौं । हाल देश भरमा सबै भन्दा बढी कोरेना संक्रमित भएको जिल्ला बनेको छ काठमाडौं । काठमाडौंमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४ सय ४९ जना संक्रमित थपिएका छन् ।
काठमाडौं जिल्लामा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८सय ४२ रहेको छ । काठमाडौंमा हालसम्म कोरोनाका कारण २ हजार २ सय ४२ जनाले ज्यान गुमाएका छन् भने २ लाख ५३ हजार ९ सय ७५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहिबार देशभर गरिएको १५ हजार ८१ जनाको परीक्षणमा थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ७१ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म ८ लाख १५ हजार ३४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९६.९ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप १ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण का कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १० पुगेको छ ।
हाल देशभर १४ हजार ३४० जना सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया