आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनको खोप कार्ड अनिवार्य गरिएको छ । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा अनिवार्यरुपमा कोभिड भ्याक्सिन लगाएको खोप कार्ड पनि देखाउनुपर्नेछ । त्यस्तो कार्ड मोबाइलमा खिचेको भएपनि हुनेछ । यस्तो निर्णय कार्यान्वयनका लागि सबै डीसीएमसीलाई गृह मन्त्रालयमार्फत सिफारिस गर्ने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया