माओवादी महाधिवेशन परिणाम : मन्त्रीहरूसमेत कोरोनाको जोखिममा

लोकपथ
84
Shares
{“caption”:”u0915u093eu0920u092eu093eu0921u094cu0902u0915u094b u092au094du0930u091cu094du091eu093e u092du0935u0928u092eu093e u0906u0907u0924u092cu093eu0930 u0938u0941u0930u0941 u0928u0947u0915u092au093e u092eu093eu0913u0935u093eu0926u0940 u0915u0947u0928u094du0926u094du0930u0915u094b u0906u0920u094cu0902 u092eu0939u093eu0927u093fu0935u0947u0936u0928 u0909u0926u094du0918u093eu091fu0928 u0938u092eu093eu0930u094bu0939 u0964 u0924u0938u094du092cu093fu0930 : u0939u0947u092eu0928u094du0924 u0936u094du0930u0947u0937u094du0920/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । सत्ताा साझेदार दल नेकपा माओवादी केन्द्रका शीर्षनेताहरूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै केन्द्रीय सरकारका मन्त्री पनि जोखिममा परेका छन् ।

हालै आठौँ महाधिवेशन सकेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा, महेन्द्रबहादुर शाहीलगायत नेताहरूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

महाधिवेशनमा सहभागी पत्रकारहरूमा पनि कोरोना संक्रमण भएको छ । साथै माओवादी कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइरस संक्रमण भएको छ ।

माओवादी केन्द्रीय सरकारमा आवद्ध छ । महाधिवेशनमा सहभागी भएका पम्फा भुसा, जनार्दन, देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज माओवादीबाट मन्त्रिपरिषद्मा छन् । जस कारण सरकारका मन्त्री पनि कोरोना संक्रमणको जोखिममा छन् ।

प्रचण्डसँग भेटेका प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसिसकेका छन् । पछिल्लो महिनायता राजनीतिक दलका महाधिवेशन र गतिविधिले कोरोना संक्रमण जोखिम बढाएको भन्दै चिन्ता जनाउन थालिएको छ ।

देशभरबाट आएका नेता तथा कार्यकर्ता जनस्वास्थ्यको मापदण्ड पालना नगरी सहभागी गराएर राजनीतिक गतिविधि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?