पृथ्वी जयन्तीमा सार्वजनिक विदा नदिए कडा आन्दोलनः मोर्चा

लोकपथ
7
Shares

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सरकारले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्तीमा सार्बजनिक विदा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । काठमाडौंको संवाद डबलीमा मोर्चाले पत्रकार सम्मेलन गरेर नेपालको मौलिक धर्म संस्कृति र इतिहासलाई मेटाउन देशी विदेशी तत्वहरु लागेको आरोप समेत लगाएको छ ।
मोर्चाका संयोजक तारानाथ लुइटेलले २२से÷२४से गण राज्यहरुलाई एकीकरण गरेर आजको नेपाल निमार्ण गरेका पृथ्वीनारायण शाहको अस्तित्व मेटाउन लाग्ने वर्तमान शासकहरुलाई नछाड्ने चेतावानी दिए ।

लुइटेलले हरेक देशको आफ्नो धर्म हुने विषयको स्मरण गराउँदै नेपाल पशुपतिनाथ र गौतम बुद्धको देश भएकोले यसको विश्वमा पृथक पहिचान रहेकोले त्यसलाई मेटाउन खोज्नेहरु देशद्रोही भएको बताए ।
मोर्चाका सह–अध्यक्ष विष्णु भट्टराईले आजको स्वाधिन नेपाल पृथ्वीनारायणको कारणले भएको र विश्वमा पनि यसको पहिचान उनकै देनबाट स्थापित भएकोले उनको जन्मजयन्तिलाई भव्यताका साथ मनाउनु पर्ने माग राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?