काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन् ।
यस वर्ष भदौ २९ गते परेको तीजमा विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि मन्दिरबाहिर पाँच वटा र मन्दिर परिसरभित्र प्रवेश गरेपछि आठ वटा लाइनको व्यवस्था गरिएको छ ।
तीजमा महिला दर्शनार्थीको संख्या धेरै हुने भएकाले महिला सुरक्षाकर्मी बढी परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ ।
यस्तै, ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिका सवारीसाधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया