कांग्रेसमा गुटगत बैठकको निरन्तरता : शेखर कोइराला पक्षको बैठकमा महामन्त्री थापा पनि सहभागी

लोकपथ
700
Shares

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला पक्षको बैठक सिंहदरबारस्थित होटल बसेरामा बसेको छ ।

बैठकमा महाधिवेशनको समीक्षा र आगामी रणनीतिका विषयमा छलफल हुने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा महामन्त्री गगन थापा, मिनेन्द्र रिजाललगायत १४औं महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार बनेका नेताहरु, प्रदेशका उम्मेदवारसहितका सहभागी छन् ।

पार्टीको १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका कोइराला देउवासँग पराजित बनेका थिए ।

१४औं महाधिवेशनपछि कांग्रेसमा कुनै पनि गुट नरहेको र कुनै पनि गुटगत भेला बैठक नगर्ने प्रतिबद्धता जनाएका शेखर कोइरालाले आज गुटको बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?