रामचन्द्र पौडेलले पाए दोस्रो वरीयता

लोकपथ
1.8k
Shares

काठमाडाैं । नेपाली कांग्रेसमा रामचन्द्र पौडेलले दोस्रो वरीयता पाएका छन् ।

सभापति शेरबहादुर देउवाको मनोनयनमा परेका पौडेलले सोमबार दोस्रो वरीयता पाएका हुन् ।

सोमबारको केन्द्रीय समिति बैठकमा उनलाई देउवाले दोस्रो वरीयतामा राखेका हुन् । १४औँ महाधिवेशन प्रक्रियामा नै सहभागी नभएका पौडेललाई देउवाले मनोनयन गरेका थिए ।

पौडेलपछि पदाधिकारीहरुको वरीयता रहेको छ भने त्यसपछि पूर्वपदाधिकारी, शेखर कोइरालाको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?