शुक्रबार ३४९ जनाले जिते कोरोना, नयाँ संक्रमित कति थापिए ? (विवरणसहित)

लोकपथ
0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको ११ हजार ८९८ जनाको परीक्षणमा सो संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८ हजार ६० जनाको नमुना परीक्षणमा २३७ जना र एन्टीजेन विधिबाट ३ हजार ८३८ जनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा ३४९ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १० हजार २७१ पुगेको छ ।

बितेको २४ घण्टामा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?