सातै प्रदेशका कानून मन्त्रीहरु हेटौँडामा

काठमाडौं । प्रदेश नं. ३ को अस्थायी राजधानी हेटौंडामा सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरु भेला भएका छन् । 

आइतबार प्रदेश ३ को आन्तरिक मामीला तथा कानून मन्त्रालयको आयोजनामा हेटौँडामा छलफलका लागि मन्त्रीहरु भेला भएका हुन् । प्रदेशका काममा एकरुपता ल्याउन र सहकार्यको वातावरण निर्माण गर्न उक्त छलफलको आयोजना गरिएको हो । 

त्यस्तै छलफलमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहित १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, २ का ज्ञानेन्द्र यादव, ३ का शालिकराम जमरकट्टेल र ४ का हरिबहादुर चुमान , प्रदेश ५ का कुलप्रसाद केसी, कर्णाली प्रदेशका नरेश भण्डारी र प्रदेश ७ का प्रकाश शाह सहभागी भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?