काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबिना नै सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
संसदको गतिरोध अन्त्य र एमसीसीलगायतका विषयमा छलफल गर्न नेकपा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताको सहभागिता छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी तथा राष्ट्रिय जनमोर्चा र राप्रपाका नेताहरुको सहभागिता छ ।
सर्वदलीय बैठक बस्नुअघि केहीबेर सत्ता गठबन्धनको बैठक बालुवाटारमै बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया