शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको १४ औं महााधिवेशन अन्तर्गत आगामी नेतृत्वका लागि सुदूरपश्चिमबाट सभापतिदेखि सदस्य पदमा उम्मेदवारी परेको छ ।
शनिबार सम्पन्न उम्मेदवारी दर्तामा कांग्रेसको नयाँ नेतृत्वका लागि सुदूरपश्चिमबाट सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन्। यसैगरी उप–सभापतिमा कैलालीकी दिव्वश्वरी शाह र सहमहामन्त्रीम बाजुराका बद्री पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिमा उम्मेदवारी दर्ता गराएकी दिव्यश्वरी शाह यसअघि देउवाको टिममा रहेपनि उम्मेदवारी दर्ता गराउदा भने अर्का सभापतिका उम्मेदवार विमलेन्द्र निधिको टिममा देखिएकी छन् । यसै गरी सह–महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका पाण्डे भने अर्का सभापतिका उम्मेदवार शेखर कोइरालाको प्यानलमा रहेका छन् ।
कांग्रेसको नयाँ नेतृत्वका लागि देउवा प्यानलबाट केन्द्रीय सदस्यमा नेता एनपी साउद र रमेश लेखकले खुलामा उम्मेदवारी दर्ता गराएका छन् । यस अघि महामन्त्री तथा पदाधिकारीमा दाबी गरेका साउद र लेखकले अन्तिममा केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । दुवै नेता कञ्चनपुरका हुन् ।
त्यस्तै सभापति देउवाको गृह जिल्ला डडेलधुराका युवा नेता एवं नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर र देउवा पत्नि डाक्टर आरजु राणाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा सुदूरपश्चिमको दार्चुलाबाट दिलेन्द्र बडू, कैलालीका विजय स्वार, कैलालीका क्षितिज भण्डारी, अछामका तिर्थ रावल, बाजुराका जनक गिरी, कैलालीका भरत शाही र कैलालीका कमल शाहले पनि खुला सदस्यमा उम्मेदवारी दिएका छन् ।
यसैगरी देउवा प्यानलबाट थारु केन्द्रीय सदस्यमा रामजनम चौधरीले पनि उम्मेदवारी दिएका छन् । यस्तै भूगोलतर्फ कैलालीका डा. रणबहादुर रावल, कञ्चनपुरका यज्ञराज जोशी तथा महिलातर्फ सुशीला मिश्र भट्टले पनि उम्मेदवारी दर्ता गराएकि छन् ।
प्रदेशबाट दुई पुरुष र एक महिला सदस्य बन्ने प्रावधान विधानमा छ । यस्तै भूगोलकै महिलातर्फ बझाङकी चन्दा जोशी र रमिता देउवाको पनि उम्मेदवारी परेको छ । यस्तै भूगोलतर्फ डोटीका भक्तबहादुर बलायर, डडेल्धुराका गणेश भट्ट, कञ्चनपुरका जिवनसिंह बिष्ट, बझाङका जगतप्रसाद जोशी, डोटीका भरतबहादुर खड्का, कञ्चनपुरका दिवानसिंह विष्ट, कञ्चनपुरकै पुष्करराज ओझा र डडेल्धुराका गोविन्दले बोहराले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै संस्थापन पक्षबाटै बझाङका अर्जुनजंगबहादुर सिंहले पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् भने धनगढीका उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड, प्रदेशसभा सदस्य टेकबहादुर रैका, पदम नेपाली र रमेश ताम्राकारले दलित समावेशीतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया