अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण लिन सकिने

लोकपथ
0
Shares

काठमाडौं । अब नेपाली नागरिकले आफ्नो विदेश भ्रमणको विवरण नागरिक एपमार्फत नै प्राप्त गर्न सक्ने भएका छन् ।

अध्यागमन विभागले सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने व्यवस्था मिलाएको हो ।

विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ व्यवस्था लागू भएसँगै भ्रमण विवरण लिन सेवाग्राही विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यता अन्त्य भएको जनाएको छ ।

नागरिक एपमा सम्बन्धित व्यक्तिको राहदानी विवरण देखिने भएकाले व्यक्तिगत विवरण सुरक्षित रहने विभागले जनाएको छ ।

यसअघि भौतिक रूपमा निवेदन दिँदा प्रक्रियागत झन्झट हुने, समयमै विवरण प्राप्त गर्न कठिन हुने तथा विभागको कार्यबोझसमेत बढ्ने गरेको थियो । नयाँ प्रविधिमैत्री व्यवस्थाले सेवाग्राहीको समय र लागत दुवै बचत हुने विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले बताए ।

उनका अनुसार विभिन्न व्यक्ति तथा संघसंस्थाले नागरिक एपमार्फत प्राप्त गरेको भ्रमण विवरणलाई आधिकारिक स्रोतका रूपमा समेत प्रयोग गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?