उत्तर कोरियासँग वार्ताअघि अमेरिकाले जापानसँग कुरा गर्ने

टोकियो : उत्तर कोरियाका नेता किम जोङ उनसँग शिखर वार्ता गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिञ्जो अाबेबीच भेटवार्ता हुने भएको छ । 

अाणविक निशस्त्रीकरणका लागि उत्तर कोरियाले लगातार कदमहरू चालेपछि दबाबमा परेका दक्षिण कोरिया, जापान र अमेरिका दबाबमा छन् । कोरियाली प्रायद्वीपमा शान्ती स्थापनापछि त्यस क्षेत्रमा विशेषगरि जापान र अमेरिकाको प्रभावलार्इ कसरी टिकाउने भन्नेबारे जापान र अमेरिकाका राष्ट्रप्रमुखबीच कुराकानी हुने सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

आवेले शिखरवार्ता भन्दा अगाडि नै आफरूहरुका बीचमा भेटवार्ता हुने सहमति भएको सोमबार जानकारी दिएका छन् । ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको शिखर वार्ता आगामी जुन १२ मा सिङ्गापुरमा हुने भनिएको छ । 

यसअघि दक्षिण कोरियाली प्रधानमन्त्रीले अमेरिका भ्रमण गरेपछि दुवै देशले कोरियामा संयुक्त शैन्य अभ्यास गरेका थिए । यो घटनापछि चिढिएको उत्तर कोरियाले दक्षिणसँगको वार्ता तत्काल भंग गरेको थियो भने अमेरिकासँग पनि कुनै कुराकानी नहुने प्रतिक्रिया दिएको थियो । 

तर, भङ्ग हुने खतरालार्इ टार्दै शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी दुबैतर्फका अधिकारीहरुले सुरु गरेका छन् । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने भएको भनी घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि अहिले वार्ताको आवश्यक तयारी शुरु भएको जनाएको छ । 

वार्ताको तयारीकै लागि अमेरिकाको एक प्रतिनिधिमण्डल आज उत्तर कोरिया पुगेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?