काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेता गुरुङले बिहान १०ः४५ बजे सभापतिमा आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् । यो सभापतिमा दर्ता भएको पहिलो उम्मेदवारी हो ।
उनले मनोनयन दर्ता गर्दै आफूले परिवर्तन न्याय र समानताका लागि सभापतिको दाबी गरेको बताएका छन् । साथै आफूले एक्लै उम्मेदवारी दर्ता गरेको बताए । साथै आफूले कुनै पनि हालतमा उम्मेदवारी नझिक्ने समेत उनले बताए ।
त्यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
बिहान १० बजेका लागि मनोनयनको समय छुट्टयाइए पनि अन्य नेताहरु भने छलफलमै रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया