मोदीकै सांसदले ग्राम अधिग्रहण स्किम अपनाएनन्

एजेन्सी :भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकै सांसदहरूले उनको ग्रामिण अधिग्रहण योजनामा काम नगरेको पाइएको छ ।

प्रधानमन्त्री बनेपछि आफ्नो पहिलो स्वतन्त्रता दिवसको अवसरमा सार्वजनिक गरेको सम्बोधनमा मोदीले सांसद आदर्श ग्राम योजना स्किमको घोषणा गरेका थिए ।

यो स्किम अन्तर्गत हरेक सांसदले आफ्नो चुनाव क्षेत्रका तीन गाँउलाई अंगीकार गरी त्यसको विकास कार्य सन् २०१९को मार्चसम्म काम गर्नुपर्ने थियो । उनीहरूले ती तीन गाउँलाई मोडल गाउँ बनाएपछि अर्को तीन गाउँलाई मोडेल गाउँ बनाउने यो स्किमलाई अगाडि बढाउनुपर्ने थियो ।

सांसदहरूले छनौट गरिएका ३ गाउँको विकासका लागि केन्द्रीय सरकारको बजेट र आफ्नो स्थानीय क्षेत्र विकास कोषबाट रकम खर्च गर्नुपर्ने थियो । उनीहरूलाई यो स्किमप्रति ध्यान दिलाउन २१ केन्द्रीय स्किमहरूमा संशोधन गरियो ।

मोदी सरकारको सत्तामा बस्न अब पदावधिको एक वर्ष भन्दा कम समय बाँकी छ । तर यो स्किमको सफलता धेरै टाढाको विषय भएको देखिएको छ । तर यो स्किमबाट ठूलो संख्यामा सांसदहरू टाढिएको देखिएको छ । यो परियोजना समयमा पूरा हुनेमा शंका व्यक्त गरिएको छ ।

पहिलो चरणमा सांसदहरूले सन् २०१६सम्म विकास गर्न एउटा गाउँको छनौट गरे । त्यसपछि सांसदहरूले अरू दुईटा गाउँ विकास गर्नका लागि लिनुपर्ने थियो र त्यो काम सन् २०१९सम्म पूरा गर्नुपर्ने थियो ।

पहिलो चरणमा लोकसभाका ५०० सय र राज्य सभाका २०३ जनाले यो स्किममा सहभागीता जनाएको देखियो । त्यसपछि सांसदहरूको रूचि यसबाट खस्किदै गयो । दोस्रो चरणमा ३४० लोकसभा र १२७ राज्य सभा सदस्यहरूले मात्र गाउँ लिए भने तेस्रो चरणमा १४३ लोकसभा र ३४ राज्यसभाबाट गाउँ छनौत गरे स्किममा सहभागीता जनाए ।

यो स्किमबाट भाग्ने सांसदहरूको संख्या करिब ६८ प्रतिशतको देखियो । झन सत्तारूढ भारतीय जनता पार्टीकै सांसदहरूले पनि यो स्किमलाई अंगीकार गर्न इच्छुक देखिएनन् । यो स्किमलाई अंगीकार गर्न नचाहने प्रभावशाली भाजपाका सांसदहरूमा  नितिन गडकरी , रविशंकर प्रसाद र अनन्थ कुमार जस्ता रहेका छन् । 

यो स्किममा भाग लिने रूचि घटनुको कारण प्रतिपक्षी कांग्रेसले शासन गरेका प्रान्तहरूमा सहयोग र समन्वय प्राप्त नहुनु रहेको देखिएको छ । अर्को कारणमा यसका लागि छुट्टै बजेटको विनियोजन रहेको थियो । यो जानकारी सन् २०१६मा ग्रामिण विकास राज्यमन्त्री रामकृपाल यादवले सांसदहरूले ग्रामिण विकास कार्यत्रमका बारेमा जनाएको जानकारी दिएका थिए ।

तर गुजरातमा भाजपाले सबै लोकसभा सदस्यको सिट जितेको थियो । त्यहाँ पहिलो चरणमा सबै २६ले गाँउ छनौट गरे । दोस्रो चरणमा ८ जनाले गाउँ छनौटद गरेका थिएन भने तेस्रो चरणमा ५ जना सांसदले यो स्किममा सहभागीता  जनाएको देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?