कर्णाली प्रदेशमा ओवादीबाट तीनजना मन्त्री बन्दै

लोकपथ
143
Shares

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट तीन मन्त्री नियुक्त भएका छन् ।

मन्त्री हुनेमा कालिकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही रहेका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन । नयाँ मन्त्रीहरूको शपथ केहीबेरमा हुने बताइएको छ ।

तीन जनाको नाम माओवादी संसदीय दलका नेता राजकुमार शर्माले आइतबार नै मुख्यमन्त्री कहाँ पठाइसकेका थिए ।

यस्तै यसअघि नै माओवादीबाट मन्त्री बनिसकेका रणसिं परियारको पनि मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?