पर्वत दम्पती हत्या प्रकरणमा संलग्न दुईजना पक्राउ

लोकपथ
325
Shares

काठमाडौं । पर्वतको जलजला गाउँपालिका-२, मल्लाजमा भएको दम्पती हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

२० चैत बिहान ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसी मृत भेटिएको घटनामा संलग्न रहेको आरोपमा कृष्ण विक र दिपक परियार पक्राउ परेका हुन् ।

विकलाई पर्वत र परियारलाई पोखराबाट पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार अहिलेसम्मको जाँचमा लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिएको छ । थिए ।

प्रहरीले पर्वतमै पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत जानकारी दिने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?