नाडाको अध्यक्षमा ध्रुव थापा

लोकपथ
70
Shares

काठमाडौं । नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी ध्रुवबहादुर थापा विजयी भएका छन् ।

करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । प्रमुख निर्वाचन अधिकृत एवं अधिवक्ता बालकृष्ण ढकालका अनुसार थापाले कूल एक हजार ४ सय १३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी चौधरीले एक हजार ३ सय ४७ मत प्राप्त गरेका थिए ।

कूल १७ सदस्यीय कार्यसमितिमा अनुपकुमार बराल एक हजार ४ सय ६३, मिलनबाबु मल्ल एक हजार ४ सय ६५, राजनबाबु श्रेष्ठ एक हजार ४ सय ५७, सुरेन्द्रकुमार उप्रेती एक हजार ४ सय ३२, सुनिल रिजाल एक हजार ४ सय २, अभिक ज्योति एक हजार ३ सय ८३, प्रकाश कपुरी एक हजार ३ सय ७९, विक्रम सिंघानियाले एक हजार ३ सय ७१ र गोपाल भट्टराईले एक हजार ३ सय ६५ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै, नीलमणि पाठक एक हजार ३ सय ५४, वरदान बस्नेत एक हजार ३ सय ५० र पंकज अग्रवालले एक हजार ३ सय ३४, निराकर श्रेष्ठ एक हजार ३ सय ६४, यमुना श्रेष्ठ एक हजार ३ सय ५५, कपिल शिवाकोटी एक हजार ३ सय ४८, प्रदीपमान प्रधान एक हजार ३ सय ४६ र आकाश गोल्छा एक हजार ३ सय ३९ मत ल्याएर विजयी भएका प्रमुख निर्वाचन अधिकृत ढकालले जानकारी दिए ।

कूल तीन हजार २ सय सदस्य रहेको नाडामा दुई हजार ७ सय ८८ मात्र मत खसेको थियो । यसअघि, संस्थागत सदस्यतर्फ सातै प्रदेशमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?