गैँडाको खाग सहित ३ जना पक्राउ

लोकपथ
0
Shares

बुटवलमा प्रहरीले गौडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ ।
बुटवल उपमहानगर ५ स्थित हरियाली होटलबाट खाग सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट ७ सुर्यथुमका नर बहादुर सुनार र पदम सुनार तथा छत्रकोट ५ रानीचापका सुमन न्यौपाने रहेका छन् । प्रहरीको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलको टोलिले होटलमा छापा मार्दा होटलको कोठा नम्बर ११८ बाट खाग सहित ३ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई खाग सहित थप अनुसन्धानको लागी डिभिजन वन कार्यालय भैरहवा रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?