नौ बुँदे घोषणपत्र जारी गर्दै प्रदेश स्तरीय मानव अधिकार रक्षक सम्मेलन सम्पन्न

लोकपथ
91
Shares

धनगढ़ी । नौ बुँदे घोषणपत्र जारी गर्दै प्रदेश स्तरीय मानव अधिकार रक्षक सम्मेलन बिहिबार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूर पश्चिमप्रदेश कार्यालय, धनगढीद्वारा आयोजनामा बुधबारदेखि सुरु भएको दुई दिने सम्मेलनले नौ बुँदे घोषणा पत्र जारी गरी सम्पन्न भएको हो ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले भने- ‘नेपालको संविधानमा उल्लेखित मौलिक हकहरुको पुर्ण रुपमा कार्यान्वयन गरी संविधानले परिकल्पना गरेको मानव अधिकारको रक्षा, प्रवद्र्धन र परिपुर्तिका लागि राज्यले सबै तहका सरकारहरुले मानवअधिकारमैत्री समाज निर्माण गर्नु पर्ने आवश्यकतालाई आत्म साथ गर्दै, नेपालको संविधान र नेपालको अन्तराष्ट्रिय कानुनअन्तर्गतका दायित्वको परिपालना गर्नु पर्ने आवश्यकतालाई मनन गर्दै मानवअधिकार रक्षकहरुको प्रदेश स्तरिय मानवअधिकार रक्षकहरुको सम्मेलनले नौ बुंदे घोषणापत्र अनुमोदन गर्दछौं ।’

इन्सेक कार्याकारी निर्देशक विजयराज गौतमले मानवअधिकार रक्षकका अधिकार र इन्सेकको काम, कर्तव्य र जिम्मेवारीको बारेमा सहज स्करण गर्दै, मानवअधिकारको क्षेत्रमा काम गर्ने मानवअधिकार रक्षकको अधिकारका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा कुनै कानुन नबनेका कारण मानवअधिकार रक्षकहरु जोखिम मोलेर काम गर्नु पर्ने अवस्थामा मानवअधिकार रक्षकको अधिकार संरक्षण, सम्बद्र्धन र सुरक्षा गर्ने राज्यको जिम्मेवारी रहेकाले प्रदेश सरकारले मानवअधिकार रक्षकको अधिकार सम्बन्धि कानुन मस्यौदा पारित गर्नु पर्ने बताए ।

दुई दिनसम्म चलेको सो सम्मेलनमा प्रध्यापक डाक्टर हेमराज पन्तले मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नागरिक समाजको भुमिकाबारे सहभागीहरुलाई सहजीकरण गरे ।

सुदूरपश्चिम प्रदेश, मुख्य न्यायीधिवक्ता कुलानन्द उपाध्याय पदेश सभाले निर्माण गरेका ऐन कानुन कार्यान्वयनको अवस्था, समस्या, चुनौती र सुझाव विषयमा सहभागीहरुलाई प्रस्तुतीकरण गरे ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले मानवअधिकार र नेपाल प्रहरी संगठनको काम, कर्तव्य तथा जिम्मेवारी, मुलुकी संहिता ऐन र अपराध अनुसन्धानबारे प्रस्तुतीकरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?