च्याम्पियन्स लिग : लाइपजिगसँग सिटी पराजित

लोकपथ
322
Shares

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा पराजित भएको छ । सिटी समूह चरणको अन्तिम खेलमा आरबी लाइपजिगसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

खेलको २४ औं मिनेटमा डोमिनिकले गोल गर्दै लाइपजिगलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७१ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै लाइपजिगलाई २-० को अग्रता दिलाए ।

खेलको ७६ औं मिनेटमा रियाद महरेजले एक गोल फर्काएपनि सिटी खेलमा भने फर्कन सकेन । यस्तै खेलको ८२ औं मिनेटमा केली वाल्करले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटिएको थियो ।

सिटी पराजित

सिटीले ६ खेलमा १२ अंक जोडेको छ । त्यस्तै, लाइपजिग ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?