डुकुछापमा डिसहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट

लोकपथ
133
Shares

काठमाडौं । डिसहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ । छ्यासीकोट स्थित टेलिपोर्टबाट आफ्नो सेवा दिँदै आएको डिसहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको हो ।

अब कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको हो ।

छ्यासीकोटमा रहेको डिसहोमको स्टेसनमार्फत फाइबर केवलको माध्यमबाट डुकुछापमा स्थापना भएको स्याटेलाइट टेलिपोर्टसम्म पुर्याई डिसहोमका सम्पूर्ण टेलिभिजनका सिग्नल स्याटेलाइटमा अपलिंक गरी प्रशारण गर्ने क्षमता राख्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?