साझा उम्मेदवार खोज्न आज पनि जुटे संस्थापनइतरका नेताहरु

लोकपथ
238
Shares

काठमाडौं । पार्टीको १४औँ महाविधेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार खोज्न पौडेल पक्षका नेताहरु छलफलमा जुटेका छन् ।

केही बेरअघिबाट कांग्रेस नेता प्रकाशमान सिंह निवास चाक्सिबारीमा नेताहरु छलफलमा जुटेका हुन् । लामो समयदेखि पौडेल पक्षका नेताहरु साझा उम्मेदवार खोज्न छलफलमा जुटिरहे पनि सहमति भने जुट्न सकेको छैन ।

बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा.शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा.मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादवलगायत उपस्थित छन् ।

इतर समूहमा सभापतिका आकांक्षी धेरै छन् । पौडेल, सिंह, डा.शेखर र डा.शशांकले सभापतिको उम्मेदवार आफू भएको भन्दै प्रचार अभियान नै सुरु भएको छ । इतर समूहमा धेरै आकांक्षी हुँदा नेताहरूबीच मत नमिल्दा फेरि पनि सभापतिमा शेरबहादुर देउवा नै दोहोरिने भन्दै इतर समूहका युवा नेताहरूले दुई दिनभित्र सभापतिका साझा उम्मेदवार तय गर्न नेतृत्वलाई अल्टिमेटम दिएको छ । सोहीअनुसार मंगलबार दिउँसो इतर पक्षको बैठक प्रकाशमान निवासमा बसेको हो ।

यसअघि सोमबार पनि नेताहरु वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा बैठक बसेका थिए । तर सोमबार निष्कर्ष निस्किन नसकेपछि आज पुनः नेताहरु छलफलमा जुटेका हुन् ।

पार्टीको १४औँ महाविधेशन उद्घाटन हुन तीन दिन बाँकी रहँदा संस्थापन इतरका नेताहरु साझा उम्मेदवार भेटाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?