साझा उम्मेदवार खोज्ने दौडधुपमा संस्थापनइतर, आज पनि बैठक बस्दै

लोकपथ
329
Shares
file photo

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन नजिकिएसँगै विभिन्न पदहरुमा उम्मेदवारी दिने क्रम बढेको छ ।

सोही क्रममा कांग्रेसका संस्थापनइतरका नेताहरु साझा उम्मेदवार खोज्ने प्रयासमा छन् । लामो समयदेखि साझा उम्मेदवार खोज्न संस्थापनइतरका नेताहरुले प्रयास गरे पनि साझा उम्मेदवार खोज्न सकेका छैनन् ।

त्यसो त महाविधेशन नजिक आइसकेको अवस्थामा कि साझा उम्मेदवार कि त आ–आफ्नो तरिकाबाट प्रतिस्पर्धामा उत्रिनुपर्ने बाध्यतामा संस्थापनइतरका नेताहरु रहेका छन् ।

यसअघि सोमबार पनि संस्थापनइतरका नेताहरुले साझा उम्मेदवार खोज्न छलफल गरेका थिए । यद्यपि साझा उम्मेदवार खोज्न नसकेपछि आज पनि बैठक बस्दै छ ।

आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । बैठक सिंह निवास चाक्सिबारीमा बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?